प्रेममा असफल बलिउड सेलिब्रेटी काे काे हुन ?

एकता न्यूज / माघ ४, २०७४ - बिहिबार


शाहिद कपुर
चलचित्र ‘जब वी मिट’को दौरानमा शाहिदको अभिनेत्री करीना कपुरसँग प्रेम थियो । यो सम्बन्ध तीन बर्षसम्म रह्यो । यसपछि बिस्तारै करीन सैफ अली खान र शाहिद अमृता रावसँग नजिकिन पुगे ।

जसको कारण करीना र शाहिद पे्रमीको रुपमा अगाडि बढ्न सकेनन् । त्यसपछि शाहिदले एक सार्वजनिक कार्यक्रममा करीनालाई धोकेबाज समेत भन्न पछि परेन् ।

अक्षय कुमार
अक्षयकुमार र शिल्पा शेट्टीको केमिस्ट्रीले कयौ चलचित्र र गीत सफल भएका छन् । आज अक्षय बेग्लै जिन्दगीबाट खुसी छन् । तर एक समय शिल्पा अक्षयको छायाँ पनि देख्न चाहन्थिइन् ।

उनले अक्षयले प्रेममा धोका दिएको आरोप समेत लगाएकी थिइन् । शिल्पाको आरोप थियो ‘अक्षयले आफुलाई प्रयोग गरेर छोडे’ । सार्वजनिक कार्यक्रममा भेटिए भने यी दुबै एक अर्काेसँग कुरा त गर्दछन् । तर खुलेर बोल्न सक्दैनन् ।

रणवीर कपुर
रणवीर कपुर र कट्रीना कैफको अफियरको किस्सा बिबाह नजिक पुगेको थियो । कट्रीनाको प्रेममा रहदा पनि रणवीर अर्काे अभिनेत्रीसँगको डेटमा रहन्थे ।

अहिले रणवीर र कट्रीन बिच प्रेम छैन ।कट्रीनाले केही पहिले एक अन्र्तवार्ताको क्रममा भनेकी थिइन् ‘रणवीर जस्तो ब्यक्तिसँग सँगै बस्न पनि डर मान्नु पर्छ ।’

सलमान
सलमान र ऐश्वर्या राय बिचको प्रेम बिषय बलिउड सबै जानकार छन् । चलचित्र ‘हम दिल दे चुके सनम’मा यी दुबैको जोडी निकै रुचाइएको थियो । चलचित्र अभिनय पछि यी दुबै एक अर्काेको नजिक समेत रहन पुगे ।

तर यो नजिकता केही समयमा ब्रेक भयो । ऐश्वर्याले आधिकारीक रुपमा समेत ब्रेकअपको घोषणा गरिन् । एश्वर्याको घोषणाले तनाबमा रहेका सलमानले फोनबाट गाली समेत दिए ।

Comment from facebook

Top