सरस्वति र चन्दा अर्धनग्न नाचेपछि ‍‍ (भिडियो सहित)

एकता न्यूज / माघ ३, २०७४ - बुधबार


दाङ्ग – रमाईलोका लागि कलाकारको प्रस्तुति हेर्न हामी आफन्त, नातेदार, दाजुभाई, दिदिबहिनी, आमाबुबा मिलेर कार्यक्रम स्थल पुग्छौँ । तर उनीहरुको प्रस्तुति नै हेर्न नसक्ने भएपछि के होला अवस्था । दाङ्गको बाह्रकुनेमा त्यस्तै अवस्था आएको छ त्यहाँका दर्शकहरुका लागि ।

कलाकार चन्दा दाहाल र सरस्वती लामा अर्धनग्न अवस्थामा नाचेपछि आफन्त र परीवारसंग मेला हेर्न पुगेकाहरु लाजले मुण्टो निहु¥याएर बस्नु परेको छ । तर एक्लै रमाईलोका लागि पुगेका केही यूवायूवति भने भरपुर रमाएका थिए, उनीहरुको नृत्यमा ।

 कला र क्षमताले कलाकार बनेका नेपाली कलाकारहरु सिमित छन् । असभ्यता प्रदर्शन गरेर कलाकारितामा चर्चा कमाएका थुप्रै कलाकारहरु भेटिन थालेका छन् । क्षेत्र र समुदाय बिशेषमा धुमधामका साथ् मनाइने माघेसंक्रान्तिमा यसपाली यिनै अर्धनग्न कलाकारहरुको उपद्रो देख्न पाइएको छ ।

ज्योति मगरको प्रस्तुतिलाई लिएर आलोचना हुने गरेकोमा अहिले ज्योति मगरको भन्दा पनि उदण्ड नृत्य उनीहरुले देखाएका थिए । उडि जाने हावाले‘गित गायर गायिका बनेकी सोलुखुम्बुकि सरस्वती लामा हट कलाकारको लिस्टमा पर्छिन । उसो त उनि गीत लेख्ने देखि संगीत भर्ने र भिडियोमा निर्देशन समेत गर्छिन । गित गाउने मात्र होइन मोडलिङ पनि गर्छिन तर उनीसंग भएको कलाकारिताले भन्दा उनको नग्न भल्गर प्रदर्शनले सांगीतिक क्षेत्रमा उनलाई चिनाएको छ ।

उनीहरुको प्रस्तुति समाजिक सञ्चालमा अपलोड भएपछि ओलचना गर्नेहरु पनि कम छैनन । गीत वा संगीत अनुसार केही हदसम्म फरक प्रस्तुति दिने सम्म अरु कलाकारले गरेको अवस्थामा नेपाली समाजलाई नपच्ने गरी बेसुरको अँगप्रदर्शन मात्र गरेको धेरैको टिप्पणी छ । ‘गीत र तालमा त हुन्छ नि, पूरै मदिरा सेवन गरेर उफ्रेजस्तो ताल न बेतालको के तृत्य हो?’ दाङ्गका मिनराज रीजालले लेखेका छन् ।

( हेर्नुहाेस भिडियाे )

 

Comment from facebook

Top