सलमान खानको सुटिङ सेटमै पुगे हतियारधारी युवक

एकता न्यूज / पुस २९, २०७४ - शनिबार


एजेन्सी – अभिनेता सलमान खान यतिबेला ‘रेस–३’को सुटिङमा व्यस्त छन् । मंगलबार सुटिङ स्पोटमा एक व्यक्ति हातमा हतियार लिएर पुगेपछि खैलाबैला मच्चिएको बताइएको छ ।

यसको सूचना पाउनासाथ प्रहरी सुटिङ स्थल पुगेको थियो । खतरा रहेको महशुस गर्दै प्रहरीले फिल्मको सुटिङ रोकिदियो र सलमानलाई सुरक्षित घर पुर्याइएको थियो ।

हालै, जोधपुरको एक गुण्डाले सलमानलाई मार्ने धम्की दिएका थिए । सञ्चारमाध्यमका अनुसार राजस्थानका डन लोरेन्स भिश्रोईले जोधपुर अदालतमा हाजिर हुन पुग्दा सलमान खानलाई मार्ने धम्की दिएका थिए ।

गत बिहिबार सलमान खान ‘हरिण मुद्दा’को सुनुवाईका लागि जोधपुर अदालतमा पुगेका बेला त्यस्तो धम्की दिइएको बताइएको छ । त्यही समय ती गुण्डा पनि एक मुद्दाको सुनुवाईका लागि अदालतमा पेश गरिएका थिए ।

Comment from facebook

Top