सोनम कपूरको बिबाह हुने, हल्लापछि आफै मुख खोलिन

एकता न्यूज / पुस २९, २०७४ - शनिबार


एजेन्सी – हिजोआज अभिनेत्री सोनम कपुर र उनका प्रेमी आनन्द आहुजाको यसै बर्ष विवाह हुने खबर आइरहेको छ । समाचारअनुसार, विवाह गर्ने स्थल तय गरिएको र आगामी एप्रिलमा विवाह हुनसक्ने बताइएको थियो ।

तर, सोनम कपूरले यसबारे केही जानकारी दिइनन् । एक अनलाइन पत्रिकासँगको कुराकानीमा विवाहबारे बोल्दै सोनमले भनिन्, ‘१० बर्षको व्यवाशायीक जीवनमा मैले कहिल्यै आफ्नो व्यक्तिगत बिषयमा बोलिन । मेरो फिल्म ‘वीर दी वेडिङ्ग’ रिलिजको तयारीमा छ र त्यसपछि प्याडमेन र दत्त पनि । मसँग कुनै दोस्रो कुराका लागि समय नै कहाँ छ ।’

यद्यपी, सोनमले आफ्नो विवाह हुने वा नहुने भने स्पष्ट पारिनन् । उनी हालै, कोलकातामा एक गहना पसलमा प्रेमी आनन्दकी आमासँग देखिएकी थिइन् । जोधपुरमा विवाह हुने खबर छ ।

Comment from facebook

Top