बन्दीगृहमा भगवान !

नविन पन्थी  / पुस २६, २०७४ - बुधबार


मेराे भगवान !
हाे तिमीलाइ वन्दीगृहमै राखिनु पर्छ
तिमीलाइ वन्दीगृहमा मात्रै हाेइन गाेलघरमै सडाउनु पर्छ
तिमी सधै उल्टाे वाटाे हिड्न खाेज्याै 
समाजकाे अवस्था वुझ्नेतर्फ कहिल्यै लागेनाै । 

तिमीलाइ के थाहा थिएन र ?
याे समाजमा इमान र नैतिकताकाे पर्खाल भत्किसक्याे भनेर
तिमीले इतिहासकाे अध्ययन नगरेकाे त पक्कै पनि हाेइन हाेलानी
थाहा थियाे हाेला भिमसेन थापालाइ घिसारी घिसारी मारेकाे इतिहास
शुक्रराज शास्त्रीहरुलाइ शुलीमा चढाएकाे इतिहास
तिमी फेरी किन त्यही वाटाे मन परायाै
त्यसैले तिमीलाइ गाेलघरमै सडाउनै पर्छ । 

समाजमा भ्रष्टाचारीहरुकाे विगविगि चलिरहेकाे वेला
तिमीलाइ भने सदाचारका कुरा गर्न पर्ने
हाे भगवान तिमी उल्टाे वाटाे हिड्याै
तिमीलाइ किन यति धेरै चिन्ता र चासाे
गरीव र दु खी हरुकाे
सक्नेले लुट्न पनि नपाउने ।
तिमीलाइ कसले दियाे लुटतन्त्रकाे विरुद्दमा वाेल्ने अधिकार ? 

तिमी किन सरल वाटाे छाडेर कठिन मार्गकाे यात्रा गर्न रुचाउछाै
तिमीजस्ता हरुले काठमाण्डाैका ठुलाठुला बङ्गालाहरुमा मस्ती गर्दै गर्दा
तिमीलाइ किन जाजरकाेटकाे हैजाकाे चिन्ता ?

तिमीलाइ किन भगवान
सप्तरीका वाढि पीडितकाे राेगकाे चिन्ता
हैटी र सुडानकाे कुपाेषणकाे चिन्ता
साेच त तिमी त उल्टाे वाटाे हिड्याै भगवान
त्यसैले तिमी गाेलघरमै सड्नु पर्छ
हाे भगवान त्यसैले तिमी गाेलघरहै सड्नु पर्छ ।
– मदाने गाउँपालिका ७ गुल्मी

Comment from facebook

Top