नेपालको कवाडी भारतीयलाई करोड, हजार कमाउन अरवमा नेपाली

एकता न्यूज / कार्तिक ५, २०७४ - आइतवार


पथरी – भारतको विहारको अररिया जिल्ला कुवाडी गाउँ बस्ने विद्यानन्द पासवान नेपालका विभीन्न जिल्ला पुगेर कवाडी संकलन गर्छन र भारतीय सिमाना नजिकै जम्मा पार्छन अनि साइकलमा भारत पु¥याउँछन् । ‘खेतीपाती छैन, वर्षमा ११ महिना यो व्यापार चल्छ’ साइकलमा ८० देखि एक क्विन्टलसम्म कवाडी लिएर भारत फर्किने उनी भन्छन् – ‘फलाममा प्रतिकेजी साढे सात रुपैयाँ, कीटमा सात रुपैयाँ २० पैसा र प्लास्टिकमा छ रुपैयाँ ४० पैसा फाइदा हुन्छ ।’ उनकौ आफ्नै हिसाव अनुसार दैनिक रु ५०० देखि ७०० सम्म कमाइ हुने बताउँदै विद्यानन्द पासवानले यसो गर्न थालेका लागेको ८ वर्ष भयो ।

पैसा कमाउने सुन्दर सपना बोकेर दैनिक करिब एक हजार नेपाली वैदेशिक रोजगारीमा विदेश गइरहेका छन् । देशमा रोजगारको सम्भावना नदेखेर नेपाली युवा खाडीतर्फ हानिइरहेका बेला भारतीय नागरिक भने नेपाल आएर कवाडी संकलन गरी नेपालमै पैसा कमाएर घरजम चलाइरहेका छन् ।

कवाडी संकलन गर्नेहरुका अनुसार नेपालमा रु १५ मा किनेको फलाम भारतमा भारु १४ मा, रु १२ मा किनेको कीट भारु १२ र आठमा किनेको प्लास्टिक भारु ९ मा बिक्री हुने गर्छ ।

कतिपय कवाडी संकलक आफूले ल्याएको नून स्थानीय व्यापारीलाई बेचेर नेपाली कवाडी व्यवसायीसँग पत्रु किनेर पनि आफ्नो व्यापार चलाउने गर्छन् । भारतीय बजारमा आठ भारुमा पाइने आयोनून नेपाली बजारका थोक व्यापारीलाई रु १६ मा बेच्ने गरेको अर्का कवाडी संकलक मोहम्मद उल्लकले बताए । नूनमा रु तीन चार बच्छ, कवाडीबाट राम्रै आम्दानी हुन्छ । मोरङमा मात्र झण्डै ५०० जना कवाडी संकलक रहेको उर्लाबारी–३ स्थित कवाडी व्यवसायी आमोद हुसैनले बताए ।

कवाडी साट्न ल्याइएका सामग्री र साटेको कवाडीसमेत चोरबाटो भएर भारततर्फ लैजाँदा उनीहरूले मनग्य आम्दानी गर्न सफल भएका छन् । तर, भन्सार कार्यालय, सीमा प्रहरी, सशस्त्र प्रहरीको गस्ती टोलीले भने यो विषयलाई सामान्य मान्दै आएको छ ।

भारतीय सीमा क्षेत्रबाट कवाडी संकलन गर्न दैनिक सयौँ भारतीय नागरिक नेपाल छिर्ने गर्छन् । साइकलमा चोरबाटो भएर आउने उनीहरूले नून, भान्सामा प्रयोग हुने सस्ता प्लास्टिकका सामग्री लिएर आउने गर्छन् । ती सामग्रीसँग उनीहरूले गाउँ–गाउँमा डुलेर कवाडी साट्छन् र भन्सार छलेर साइकलमै भारत छिर्छन् । नेपाली बजारमा रु २० पर्ने आयोनून भारतमा भारु आठ रुपैयाँमा पाइन्छ, त्यस्तै अरु सस्ता सामग्री पनि भारतीयबाटै ल्याएर उनीहरू दिनभर नेपालमा कवाडी संकलन गर्छन् र साँझ भारत फर्कन्छन्, कतिपयले नेपाली बजारमै कवाडी बेच्छन् । पाँच सातजनाको समूह बनाएर गाउँ पस्ने उनीहरूले नूनसँग फलाम, कीट, प्लास्टिक, थोत्रा साइकल, टिभी, पुराना किताब, पत्रपत्रिका र अन्य कवाडीका सामग्री ‘सरी’ ९एक किलोमा एक किलो० साट्ने गर्छन् । नगद नै लिन चाहनेलाई फलामको प्रतिकेजी रु १५, कीटको रु १२ र प्लास्टिकको रु आठ दिने गर्छन् ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सञ्जीवबाबु खड्का कवाडी संकलकहरू फाट्टफुट्ट मात्र देखिने भएकाले उहाँहरूलाई प्रहरीले खासै जाँच नगरेको स्वीकार्र्छन । ‘हाम्रो ध्यान नपुगेकै हो । अब जाँच शुरु हुन्छ’ उनले भने ।

विराटनगर भन्सार कार्यालयका तथ्यांक अधिकृत धर्मेन्द्रलाल कर्णका अनुसार आव २०७२/७३ मा ३१ हजार ४८० केजी पत्रुफलाम, ८९ हजार ८०० केजी रद्दी कागज र थोत्रे प्लास्टिक १२ लाख २१ हजार किलो भारत निकासी भएको थियो । त्यस्तै आव २०७३÷७४ मा पत्रु फलामको निकासीमा उल्लेख्य वृद्धि भएको छ भने रद्दी कागज एक किलो पनि निकासी भएको छैन । २०७३÷७४ मा पत्रु प्लास्टिक ५०० केजी मात्र निकासी भएको छ ।

आव २०७२÷७३ मा कूल रु एक करोड ३३ लाख ८१ हजारको पत्रुफलाम, प्लास्टिक र रद्दी कागज निकासी गरेको विराटनगर भन्सारले आव २०७३÷७४ मा रु एक करोड ४८ लाख बराबरको पत्रु निकासी गरेको छ ।

अघिल्लो आवको तुलनामा रु १४ लाख १९ हजारले बढी भए पनि पत्रु प्लास्टिक र रद्दी कागज भन्सारको बाटो भएर भारत निकासी भएको देखिँदैन ।

Comment from facebook

Top