नेता भनेर जिताएको जुवाडे परेछन, जनता काममा जानुपर्ने प्रहरी खोरमा

एकता न्यूज / असोज २६, २०७४ - बिहिबार


तुलसीपुर–गएराती पश्चिम दाङमा जुवाको खालबाट वडा अध्यक्ष सहित ९ जना पक्राउ परेका छन् ।
शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिङ डाँगीको घरमा जुवा खेलीरहेको भन्ने गोप्य सूचनाका आधारमा तुलसीपुरबाट गएको प्रहरी टोलीले उनिहरुलाई रङ्गेहात पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं २ का वडा अध्यक्ष फर्साराम डागी र वडा सदस्य रत्नबहादुर विष्टसहित गोविन्द बस्नेत, मिन बहादुर खड्का, विर बहादुर विष्ट, राम चौधरी,रत्न बहादुर विष्ट, कर्ण बहादुर परियार र डिल्ली बहादुर वली रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट १६ वटा कौडा र ४१ हजार २ सय ७० रुपैया बरामद गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी राजेन्द्र प्रसाद अर्यालले जानकारी दिए ।
पक्राउ परेका लाई जुवा ऐन अनुसार कारवाही गरीने प्रहरीले जनाएको छ ।
प्रहरीले करिब ११ बजे राती घरमा छापा मारेको थियो ।

Comment from facebook

Top