रेखा थापाले चलाएको कारलाई ट्रकले हान्यो

एकता न्यूज / असोज २५, २०७४ - बुधबार


काठमाडौं – नायिका रेखा थापाको कार दुर्घटना परेको छ । आज दिउँसो करिब सवा १२ बजे चावाहिलमा ना २ ख ८६२४ नम्बरको माल बाहक ट्रकले धक्का दिंदा बा १४ च ४७२ नम्बरको कारको दायाँ भागमा क्षति पुगेको छ । दुर्घटना बाट नायिका रेखा भने सकुशल रहेकी छिन् । कार नायिका स्वयंले चलाएकी थिईन्।

टिभी फिल्मीबाट अन्तर्वार्ता दिएर अम्बे अपार्टमेन्ट फर्कंदै गर्दा रेखाको कारलाई ट्रकले ठक्कर दिएको हो । यतिखेर दुर्घटनामा परेका कार र ट्रक दुबैलाई प्रहरीले नियन्त्रणमा लिई गौशाला प्रहरी बृत परिसरमा राखेको छ ।
रेखा र आर्यन स्टारर चलचित्र ुरुद्रप्रियाु कात्तिक २ बाट प्रर्दशनमा आउँदैछ्। नायिका रेखा यतिवेला यसै चलचित्रको प्रचार प्रसारमा व्यस्त रहेकी छिन्।

Comment from facebook

Top