पाइलटबिनै ‘हवाई ट्याक्सी’ उडाउने तयारी

एकता न्यूज / असोज २२, २०७४ - आइतवार


-सडकहरूमा बिना चालककै ट्याक्सी गुड्ने कुरा तपाईहरूले सुन्नुभएकै होला । ‘ड्राइभरलेस’ त्यस्ता कार/ट्याक्सीलाई मोडिफाइड गर्न विभिन्न कम्पनीहरू अहोरात्र खटिरहेका छन् । सडकमा उतार्न यसका लागि तँछाडमछाड भइरहेकै बेला हवाई ट्याक्सी (एयर ट्याक्सी) उडाउने तयारी सुरु गरिएको छ । सुन्दा अपत्यारिलो लागे पनि अबको तीन महिनाभित्रै दुबईमा हावामा उड्ने ट्याक्सीको व्यावसायिक परीक्षण हुँदै छ । हावामा बिना पाइटलको यात्रा ? यो कुरो सुनेर तपाईंमध्ये धेरैको जीउ सिरिङ्ग पक्कै भएको होला । डर लाग्नु स्वाभाविकै पनि हो । किनभने हाम्रा वरपर रहेका कम्तीमा एक जना, जो कहिले पनि हवाई यात्रा गरेका छैनन, एभियोफोबिया (विमानमा चढ्नबाट डराउने) रोगले ग्रसित हुन्छन् । त्यो पनि व्यापारिक विमानमा, जसमा लाइसेन्स लिएका पाइलट हुन्छन् । तर बिनापाइलट हवाई ट्याक्सीमा यात्रा ? ‘ओहो, त्यो त झनै डरलाग्दो’ भन्नेहरू धेरै निस्किन सक्छन् । ‘तर, डराउनु पर्दैन, सुरक्षित यात्रा गर्न सकिने हवाई ट्याक्सी बनाउँछौं,’ निर्माता कम्पनीहरूको दाबी पनि रहँदै आएको छ ।

पाइलटविहीन हवाई ट्याक्सी बनाउन जुटेका कम्पनीहरू विश्वमा चार जति छन् । तिनीहरूबीच ‘पहिलो को बन्ने ?’ भन्ने प्रतिस्पर्धा नै चलेको छ । दुबईले ती सबैलाई उछिन्ने देखिएको छ । उसले पाइलटविहीन स्काई ट्याक्सीको परीक्षण शीघ्र गर्ने घोषणा गर्दै यसको तयारी थालिसकेको छ । टेक कम्पनीले दैनिक यात्राका लागि ‘ड्रोन कम्पर’ बनाउन जुटेको हो । हावामा ड्रोन ट्याक्सी उडाउने दौडमा दुबईलाई कसैले उछिन्न नसकोस् भनेर यसमा लागेको बताइएको छ । यसका लागि अघिल्लो जुनमा दुबईको सडक तथा यातायात प्राधिकरण (आरटीए) ले जर्मन स्टार्ट–अप कम्पनी ‘भोलोकोपर’ सँग सम्झौतासमेत गरिसकेको छ । त्यसैले यसै वर्षको अन्त्यसम्ममा पाइलटविहीन ड्रोन एयर ट्याक्सीको निर्माण थाल्ने र त्यसलगत्तै परीक्षण गर्ने उसको उद्घोष आएको हुनुपर्छ । कम्पनीले लगानीकर्तासमेत खोजिसकेको छ । एउटा कम्पनीले उसलाई २ करोड ५० लाख युरो उपलब्ध गराउने भएको छ । जर्मन कार उत्पादक ‘डेम्लर’ ले उसलाई सघाउादै छ । ‘डेम्लर’ ले दुई जना यात्रुसहित उड्न सक्ने ‘१८–रोटर क्राप्ट’ निर्माण गरिदिने लक्ष्यका साथ अघि बढेको हो । कम्पनीको प्रोमोसनल भिडियोअनुसार ‘भोलोकोप्टर’ ले सय किमि प्रतिघण्टाको गतिमा आधा घण्टासम्म आकाशमा उड्ने ट्याक्सी बनाउनेछ । उक्त ट्याक्सीमा नौवटा जति स्वतन्त्र ब्याट्री प्रणाली जडान गरिनेछ । ती ब्याट्रीहरूले ३० मिनेटको यात्रालाई पावर संकटबाट मुक्त राख्ने दाबी कम्पनीको छ । यसैगरी, त्यो कोपरमा आपात्कालीन अवस्थाका लागि प्यारासुटसमेत राखिने पनि भनिएको छ । तथापि यात्रुलाई प्यारासुटको आवश्यकता नपर्ने गरी कोपरको विकास गरिँदै छ । दुबईको आरटीएले चीनको इहाङ्गसँग मिलेर यस्तै प्रकृतिको काम गरिसकेको छ । उसले ड्रोन निर्माताको एकल यात्रु बोक्ने ‘इहाङ १८४’ को हवाई बाहनको परीक्षण गरिसकेक

Comment from facebook

Top