धुर्कोट कोटको सरायँ नाच (फेटो फिचर)

हुमाकान्त पोखरेल / असोज २०, २०७४ - शुक्रबार


गुल्मी सधैका बर्षमा जस्तै यो बर्ष पनि गुल्मी जिल्लाको धुर्कोट कोटमा सरायँनाच नाचिएको छ । धुर्कोट गाउँपालिका वार्ड नम्बर ६ धुर्कोट रजस्थलमा रहेको यो कोटमा धुर्कोट खड्गकोट ब्यवस्थापन तथा संरक्षण समितिको आयोजनामा सराय नाचँ सम्पन्न भएको हो । दैत्यमाथि देवीको विजयको उत्सवको रुपमा मनाइने यो नाचमा पौराणिक युद्धमा प्रयोग हुने खुकुरी, खुँडा, भाला आदि हतियार प्रदर्शन गरिन्छ । खुडा नचाउदा रमाइलो हुनुका साथै आफूसँग भएको साहसिक कला पनि प्रदर्शन हुने गर्दछ ।

सरायँ नाच विजया दशमिको अर्को दिनदेखि पूर्णिमासम्म नाचिने प्रचलन छ । वाख्खै–वाख्खैको आवाज र शक्तिपिठबाट पञ्जेबाजासहित मन्दिरमा चढाएको खुकुरी, तरवार र खुँडा नचाएर सरायँ नाच नचाएर नाचिने गरिन्छ । अर्घाखा“चीको खा“चीकोट दरबारमा जन्मिएकी १३ औं राजा दलजित शाहकी छोरी चन्द्र प्रभावतीको गोरखाका राजा नरभूपाल शाहसंग विवाह भएको थियो । चन्द्र प्रभावतीले पृथ्वीनारायणलाई राजकीय विधि, शासनको पद्धति, हतियार सञ्चालन र बाइसे–चौबीसे राज्यलाई एकीकरण गर्ने सम्बन्धी शिक्षा दिएपछि नेपालको एकीकरण गरेको इतिहास अनुसार सराय“ नाचको परम्परा शुरु भएको इतिहास छ । त्यही अनुरुप खड्ग जुधाउने परम्परा, पञ्चबलि प्रथा र सराय नाच अझै पनि लोकप्रिय छ ।


सराय“ नाच हेर्दा रमाइलो र हतियार नचाउ“दा डरलाग्दो हुन्छ । दशैंको भोलीपल्ट अर्थात एकादशीका दिनदेखि शुरु हुने सराय“ नाचसंगै घटस्थापनाका दिन राखिएका जमरा, फुलपाती टीका, अÔता कोतघरबाट डोलामा राखेर हतियार ठोक्याउ“दै पञ्चेबाजा र भजनकिर्तन सहित डोलामा राखेर नजिकैका खोला, पोखरीहरुमा लगेर बगाएपछि दशैं बिदा भएको मानिन्छ । खासगरी पश्चिम क्षेत्रमै लोकप्रिय सरायँ नाच गुल्मीमा पनि उत्तिकै लोकप्रिय छ ।

धुर्कोट कोटको यो सरायँ नाच हेर्न गुल्मीका अधिकाशं मानिस त्यसतर्फ जाने गर्दछन् । तर पछिल्लो समयमा युवा पुस्ताले यो नाचलाई बेवास्ता गर्न थालेपछि सरायँ नाचको भविष्यबारे पनि अन्योलता देखा पर्न थालेको छ । धर्कोट कोट संरक्षण समितिका अध्यक्ष मुक्तबहादुर कार्कीले धुर्कोटमा लाग्ने सरायँ नाचँ मेलालाई ब्यवस्थित बनाउनका लागि अब प्रत्येक महिनाको एकपटक कोटमा मेला लाग्ने ब्यवस्था मिलाउन लागेको जानकारी दिए ।

 

गाउँप्रमुख र उपप्रमुख प्रत्येक दिनको सरायँ नाचमा


देशमा अधिकाशं जनप्रतिनिधिहरु साना–तिना कार्यक्रममा जान मन पराउदैनन् । तर धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल र उपप्रमुख शिव बहादुर खत्री भने गाउँपालिकाभित्रका प्रत्येक सराय नाँचमा सहभागि भएका छन् । गाउँपालिकाभरीका १७ स्थानमा पुगेर गाउँप्रमुख र उपप्रमुखले हातमा खुडा तथा तरबार लिई एकआपसमा सराय खेल्दा धेरैजना दङ्ग परेका थिए । प्रत्येक सराय नाचँमा निम्तो आएको बताउदैँ उपप्रमुख खत्रीले कुनै दिन त तिन ठाउँसम्म पनि सराँयकै लागि पुग्ने गरेको बताए । ‘सरायँ खेल्न असाध्यै मन पर्छ ।’ उपप्रमुख खत्रीले भने, ‘त्यसैले थोरै–थोरै समय भएपनि प्रत्येक ठाउँमा नाच्ने गरेका छौ ।’

 

नाचँ ब्यवस्थित बनाउन स्वास्थ्य शिविर

धुर्कोट रजस्थल समाज गुल्मी काठमाडौ समितिले धुर्कोट कोटको सराय नाँचलाई लक्षित गर्दै खानेपानी तथा स्वास्थ्य शिविर संचालन गरेको छ । मेलामा जाने कुनै पनि ब्यक्तिको स्वास्थ्यमा आइपर्ने समस्यालाई तत्काल समाधान गर्ने उदेश्यले स्वास्थ्य शिविर संचालन गरिएको हो । त्यसैगरि समाजले २०७३ सालको एसइई परिक्षामा सर्वोत्किष्ठ अंक ल्याउने धुर्कोट रजस्थलका तिनजान विद्यार्थीलाई सम्मान गरेकाृ छ । यसरी सम्मानित हुनेमा धुर माविका अर्जुन भण्डारी, अस्मिता भण्डारी र इन्दिरा माविका गिता थापा रहेका छन् ।

कार्यक्रम समाजका अध्यक्ष गुणाखर भण्डारीको अध्यक्षता, गाउँप्रमुख भुपाल पोखरेलको प्रमुख आतिथ्यता, उपप्रमुख शिव बहादुर केसीको विशेष आतिथ्यता, सल्लाहकार सदस्य विमल घिमिरेको विशिष्ट आतिथ्यता तथा महेन्द्र भण्डारीको संचालनमा सम्पन्न भएको स्थानिय पत्रकार दधिराम खनालले बताए । त्यस्तै धर्कोट कोटको सराय नाचँलाई लक्षित गर्दै धुर्कोट रुपन्देहि सम्पर्क समाजले खानेपानीको ब्यवस्था गरेको छ । धुर्कोट कोटमा पानीको असुविधा हुँदा दर्शनार्थिलाई असर पारेको भन्दै खानेपानीको ब्यवस्था गरिएको समाजका सदस्य शिव पराजुलीले जानकारी दिए । गठन भएको छोटो समयमा नै समाजले ऐतिहाँसिक क्षेत्रहरुको प्रचार प्रसार तथा संरक्षणमा लागेको समाजका अर्का सदस्य चन्द्रकान्त खनालले बताए ।

सरायँको संरक्षणको लागि गाउँपालिकाद्धारा आर्थिक सहयोग

पछिल्लो समयमा हराउदैँ जान थालेका सरायँ नाचँको संरक्षण गर्ने उदेश्यले धुर्कोट गाउँपालिकाले सबै सरायँ नाच हुने स्थानलाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकाभित्र सरायँ नाचँ हुने १७ स्थानमध्ये १५ स्थानलाई ५÷५ हजार र दुई स्थानलाई १०÷१० हजार आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ । गाउँपालिकाभित्र विशेष महत्व बोकेका ४ नम्बर वडामा रहेको कुमारीदेवी मन्दिर र धुर्कोट कोटमा हुने सरायँ नाचँको लागि १०÷१० हजार सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले बताए । धुर्कोटको पहिचानका रुपमा रहेको धुर्कोट कोटलाई अन्य धार्मिक स्थलजस्तै पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न लागिएको उनले बताए ।

जसका लागि प्रत्येक दिन कोटमा एकजना पुजारीमार्फत पुजा–आजा गर्ने, कोटको प्रचार प्रसार गरी पर्यटक भित्राउने र त्यसबाट प्रप्त भएको आम्दानी पुन कोट ब्यवस्थापन र सँस्कृति संरक्षणमा खर्च गरिने गाउँप्रमुख पोखरेलले बताए । त्यसरी कोटमा राखिने पुजारीको आर्थिक खर्च भने गाउँपालिकाले बेहोर्ने भएको छ । देशमै नमुना धुर्कोट गाउँपालिका बनाउने लक्ष्य पुरा गर्न गाउँपालिकाभित्रका साँस्कृतिक सम्पदाको संरक्षण गरी पर्यटक भित्राउन पनि गाउँपालिका लागिपरेको अध्यक्ष पोखरेलले जानकारी दिए ।

Comment from facebook

Top