अर्जेन्टिनालाई चुनौतीः मेस्सी र डिबालालाई सँगै खेलाउन कठिन

एकता न्यूज / असोज १९, २०७४ - बिहिबार


अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमका प्रशिक्षक जोर्गे साम्पावलीले लियानल मेस्सी र पाउलो डिबाललाई सँगै खेलाउनु निकै चुनौतीपूर्ण रहेको बताएका छन् । अर्जेन्टिनाले विश्वकप फुटबल २०१८ अन्तर्गत दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत शुक्रबार बिहान पेरुसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल अर्जेन्टिनाका लागि निकै महत्वपूर्ण छ । यसका लागि बार्सिलोना स्टार मेस्सी र युभेन्टर स्टार डिबाल अहिले अर्जेन्टिनामा छन् । दुवै स्ट्राइकरले सँगै निकै कम समय बिताएकाले एकसाथ अघिल्लो पंक्तिमा खेलाउनु चुनौतीपूर्ण रहेको प्रशिक्षक साम्पाओलीले बताएका हुन् ।

यो सिजन सबै प्रतियोगितामा गरेर १२ गोल गरिसकेका डिबालले यसअघि नै मेस्सीसँग खेल्न निकै कठिन हुने बताएका थिए । मेस्सीले  अहिलेसम्म यो सिजनका सबै प्रतियोगितामा गरेर १४ गोल गरिसकेका छन्

डिबालाले मेस्सीको सम्मान गर्दै यस्तो बताएको प्रशिक्षक साम्पाओलीको भनाई छ । छनौट चरणका दुई खेल बाँकी हुँदा २४ अंक जोडेको अर्जेन्टिना पाँचौं स्थानमा छ । विश्वकपका लागि सिधै छनौट हुन चौथो स्थानमा उक्लनु पर्छ भने प्लेअफका लागि पाँचौं स्थानका कायम रहनु पर्छ ।

Comment from facebook

Top