बुधबारको तुलनामा रियाल, दिर्हाम र रिंगिटको मूल्य कमजोर

एकता न्यूज / असोज १९, २०७४ - बिहिबार


काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६६ पैसा र विक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४८ पैसा र विक्रिदर २८ रुपैयाँ ६५ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २४ पैसा र विक्रिदर २८ रुपैयाँ ४० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ६५ पैसा र विक्रिदर २४ रुपैयाँ ८० रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १० पैसा र विक्रिदर ९ रुपैयाँ १६ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४३ रुपैयाँ १७ पैसा छ भने विक्रिदर ३ सय ४५ रुपैयाँ १६ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७४ रुपैयाँ ८४ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ ४३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Comment from facebook

Top