अन्तर्राष्ट्रिय मार्सल आर्ट्समा नेपाललार्इ तीन स्वर्ण

एकता न्यूज / असोज २, २०७४ - सोमवार


काठमाडौं  – पाकिस्तानको कराँचीमा भइरहेको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण जितेको छ। नेपालले थप १ रजत पनि जित्यो।

नेपाललाई दोहोरो पदक दिलाएका निराकारमान प्रधानले पुरुष एकल कातामा स्वर्ण र ५० केजीमा रजत जिते।

त्यस्तै महिला एकल कातामा समिला थापा र महिला ५५ केजीमा शान्ति तामाङले स्वर्ण हात पारेको टोली प्रमुख रामकुमार थारुले जनाएका छन्।

Comment from facebook

Top