१५ जना नायकद्धारा अभिनित चलचित्र ‘१५ बदमास’ छायांकनको क्रममा

एकता न्यूज / भदौ ८, २०७४ - बिहिबार


नेपाली चलचित्र जगतमा केहि फरक खालको चलचित्र ‘१५ बदमास’को हाल सुटिङ भइरहेको छ । हिमाल सागर हिङमाङ को लेखन तथा निर्देशन रहेको उक्त चलचित्र दिनेस बरुवाल ले निर्माण गर्न लागेका हुन् । जसमा १५ जना नायक तथा १५ जना नायिका रहेका छन् । कमेडी विषयबस्तुमा आधारीत उक्त चलचित्र काठमाडौ तथा सिन्धुपाल्चोकका विभिन्न ठाँउहरुमा छायांकनको क्रममा रहेको छ ।

नेपालि चलचित्रमा धेरै अभिनेताको अभिनय रहेको यो पहिलो चलचित्र हो । चलचित्र ‘१५ बदमास’ श्रावण को २० गते शुभ मुहुर्त गरिएको थियो । यसै बर्षभित्रमा दर्शक सामु हलमा पुग्ने उक्त फिल्मका नवनायक लक्ष्मण देवकोटाले जानकारी दिए । साथै उक्त चलचित्रमा कलाकार सुरविर पण्डित, रोहित कार्की, एलिसा राई लगायतका नयाँ तथा पुराना कलाकारहरुको अभिनय रहेको छ । उक्त चलचित्र अपार क्रियशन प्रालीको प्रस्तुती हो

Comment from facebook

Top