गोपीकृष्ण मुभिजलाई शाहरुखको फिल्मले राहत रकम दिने

एकता न्यूज / भदौ ६, २०७४ - मङ्लबार


काठमाडौं – बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘जब ह्यारी मेट सेजल’ले बक्सअफिसमा राम्रो प्रदर्शन गर्न सकेन्। भारतीय फिल्म विक्रेताहरुलाई आर्थिक नोक्सानको ५० प्रतिशत रकम निर्माताले फिर्ता गर्ने खबर बाहिरिइरहेको बेला निर्माताले नेपाली फिल्म विक्रेतालाई पनि नोक्सान वापत पैसा दिने भएको छ।

नेपालको राईटस लिएको गोपिकृष्ण मुभिजलाई रेड चिल्लिजले नोक्सान वापतको रकम फिर्ता गर्न लागेको हो। रेड चिल्लिजले गोपिकृष्णमा भएको नोक्सानको जानकारी चाहेको विक्रेताले बताएका छन्। गोपीकृष्णका फिल्म विक्रेताका अनुसार फिल्मको घाटा करीब १ करोड रहेको छ। रेड चिल्लिजले पचास लाखभन्दा बढी रकम फिर्ता गर्ने अनुमान लगाइएको छ।

यसअघि पनि शाहरुखको फिल्म अशोका र पहेलीले बक्सअफिसमा राम्रो प्रदर्शन नगरेपछि रेड चिल्लिजले राहत रकम दिएको थियो।

Comment from facebook

Top