अमिताभ बच्चन घाइते!

एकता न्यूज / साउन २९, २०७४ - आइतवार


बलिउडका सुपरस्टार अमिताभ बच्चन आफ्नो आउन लागेको फिल्मको शुटिङको क्रममा घाइते भएका छन्। उनको खुट्टामा फ्याक्चर भएको भारतीय सञ्चारमाध्यममा खबर छ।

मिडिया रिपोर्ट अनुसार उनको ढाडमा पनि समस्या आएको छ। यस्तो हुँदापनि उनले आफ्नो शुटिङ रोकेनन्।

अमिताभ यसबेला ‘कौन बनेगा करोडपति’ र फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को शुटिङमा व्यस्त छन्।

Comment from facebook

Top