पत्रपत्रिकाका फ्रन्टपेजः २ नम्बर प्रदेश निर्वाचन सर्दा मधेस खिन्न

एकता न्यूज / असार २, २०७४ - शुक्रबार


काठमाडौं । सरकारले २ नम्बर प्रदेशको निर्वाचन तीन महिना पर धकेल्दै असोज २ मा गर्ने निर्णय गरेको छ । सरकारको यस्तो निर्णयले मधेसमा नै असन्तुष्टि चुलिएको आजका पत्रपत्रिकाहरुले लेखेका छन् । २ नम्बर प्रदेशबाहेकका क्षेत्रमा भने निर्वाचन चहलपहल बढेको खबर पत्रपत्रिकामा छापिएका छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले गरेको लोकसेवा आयोगको प्रशंसालाई गोरखापत्र दैनिकले मुख्य खबर बनाएर छापेको छ । गोरखापत्रको पहिलो पृष्ठमा प्रदेश नम्बर २ को निर्वाचन असोज २ मा हुने, निर्वाचन मिति सारिएकोप्रति एमालेको आपत्ति लगायत समाचार छन् ।

प्रदेश २ मा असोज २ मा चुनाव’ शीर्षक दिएर मुख्य खबर लेखेको अन्नपूर्ण पोस्ट दैनिकले रंगशाला अभावमा दर्शक खुम्चिएकोदेखि चीनको स्कुलमा भएको आक्रमणसम्मको खबरलाई पहिलो पृष्ठमा अटाएको छ ।

प्रदेश २ को निर्वाचन मिति सरेको विषयलाई मुख्य खबर बनाएर छापेको कान्तिपुर दैनिकले राजपामा अझै असन्तुष्टि बाँकी रहेको लेखेको छ ।

नागरिक दैनिकले प्रदेश २ को निर्वाचन सार्दा मधेसमै असन्तुष्टि देखिएको जनाएको छ ।

नयाँ पत्रिका दैनिकले पनि २ नम्बर प्रदेशको निर्वाचन सार्दा मधेस नै खिन्न रहेको लेखेको छ । नयाँ पत्रिकाले पुनर्निर्माणका नाममा एनजिओहरुले मनपरी खर्च गरेको, न्यायाधीशलाई कारबाही गर्न माग गर्दै जुँगुबासीले निवदेन हालेकोसम्मका खबर छापेको छ ।

Comment from facebook

Top