साउथहम्पटनलाई हराउदै चेल्सी प्रिमियर लिग उपाधिको नजिक

एकता न्यूज / बैशाख १३, २०७४ - बुधबार


काठमाडौँ –  ईङलिश प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा चेल्सीले साउथहम्पटनलाई ४-२ ले पराजित गर्दै प्रिमियर लिग उपाधि जितको नजिक पुगेको छ ।
जितसंगै चेल्सी ३३ खेलमा ७८ अंक सहित शिर्ष स्थानमा कायम छ भने दोस्रो स्थानमा रहेको टोटनह्याम ३२ खेलमा ७१ अंक रहेको छ ।

चेल्सीको जितमा डीएगो कोष्टाले दुई गोल गरेका थिए भने इडेन हजार्ड र गेरी काहिलले एक एक गोल गरेका थिए साउथहप्टनका लागि रोमेउ र बेर्ट्रान्डले एक एक गोल गरेका थिए ।  साउथहप्टन भने ३२ खेलमा ४० अंक सहित लिगको ९औ स्थानमा रहेको छ ।

 

Comment from facebook

Top